२१ जेष्ठ २०७५, सोमबार

मुम्बई । बलिउडमा बोल्ड एण्ड ब्युटि भनेर चिनिने नायिका विपाशा बसु अस्पताल भर्ना भएकी छन् । सामाजिक संजालमार्फत विपाशाले आफू बिरामी भएको जानकारी दिइन् ।

विपाशाले अस्पतालबाट आफ्नो एक फोटो पनि शियर गरिन् । उनले ट्वीटमा एक व्याक्टरियाको संक्रमनले बिरामी भएको र चाँडै स्वस्थ हुने बताइन् । उनी श्वासप्रश्वासमा समस्या आएपछि मुम्बईस्थित हिन्दूजा हेल्थ केयर अस्पतालमा उपचाररत रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

विपाशाले करण सिंह ग्रोवरसंग २०१६ मा विबाह गरेकी थिइन् । विपाशा ३ वर्षयता फिल्मी क्षेत्रबाट टाँढिएकी छन्।

प्रतिक्रिया दिनुहोस्

LIVE TV