२१ जेष्ठ २०७५, सोमबार

काठमाडौं । धादिङमा ट्रक र ट्रयाक्टर एकआपसमा ठोक्किँए पछि आगलागी हुँदा ३ जना घाइते भएका छन् । सोमबार दिउ्रँसो धादिङको धार्के नजिक चार किलोमा सो दुर्घटना भएको हो ।

धादिङ प्रहरीका अनुसार काठमाडौंबाट चितवन आउँदै गरेको बा १७ प १०९३ नम्बरको ट्रयाक्टर विपरित दिशाबाट आइरहेको ना ५ ख ८७७० नम्बर ट्रकसँग आपसमा ठोक्किएको थियो । ट्रयाक्टर ट्रकको डिजेल ट्याङ्कीमा ठोक्किएपछि आगलागी भएको बताईएको छ ।

आगलागी हालसम्म पनि नियन्त्रणमा आईनसकेको स्थानियले बताएका छन् । आगो नियन्त्रण गर्न त्यसतर्फ प्रहरी टोली खटाईएको धादिङ प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV