२१ जेष्ठ २०७५, सोमबार

काठमाडौँ । घ्युकुमारी रसीलो, रसदार हुन्छ । यो औषधीय गुणले भरीपूर्ण हुन्छ । घ्युकुमारीलाई हरेक तरिकाले प्रयोगमा ल्याउन सकिन्छ । आगोले पोलेको ठाउँमा, लोसनको रुपमा , र पिउने जुस आदिको रुपमा प्रयोग गर्न सकिन्छ ।

घ्युकुमारी जुसमा क्याल्सियम, सोडियम, आइरन, पोटासियम, क्रोमियम, मैगनीज, ताम्बा जस्ता खनिज पदार्थ पाइन्छ ।
घ्युकुमारीमा १८ धातु, १५ एमिनो एसिड, र १२ थरीका भिटामिन पाइन्छ । यसले शरिरमा रगतको मात्राको कमीलाई कम गर्नुका साथै शरिरमा प्रतिरोधी क्षमतामा बृद्धी गर्छ । घ्युकुमारी जुस गर्भासयको रोग तथा पेटको विकार नष्ट गर्नका लागि समेत फाइदा पुर्याउँछ । गर्मी, वर्षाका कारण हुने विभिन्न समस्याबाट समेत यसले मुक्ति दिने गर्छ। गुलाब जलमा घ्युकुमारीको रस मिसाएर अनुहारमा लगाउनाले अनुहारमा चमकता आउँछ ।

मोटोपन घटाउन परेमा घ्युकुमारीको जुस पिउनुपर्ने एक अध्ययनले जनाएको छ । कब्जियत , अपच हुने र ग्यास फर्मेसनका कारण पेट र छाती दुख्ने , मधुमेह,उच्च रक्तचाप र क्यान्सर आदि जस्ता रोगहरुबाट बच्नलाई पनि घ्युकुमारीको आवश्यक्ता छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV