२१ जेष्ठ २०७५, सोमबार

काठमाडौं । इन्धनमा मूल्या बढाएसँगै वायुसेवामा पनि भाडा बढाउने निर्णय गरेको छ । १५ वटा निजी वायुसेवा सञ्चालकहरूको संगठन (आयोन)ले मंगलबारदेखि भाडा २ सय २० रुपैयाँसम्म हवाई भाडा बढाउने निर्णय गरेको हो ।

यात्रुको टिकट शुल्कमा फेयर (भाडा), फयुल सर चार्ज (इन्धन शुल्क) र विमानस्थल शुल्क गरी तीनवटा शीर्षक हुन्छन्। यसपटक एयरलाइन्स सञ्चालकहरूले फयुल सर चार्ज अन्तर्गत लिने शुल्कमा वृद्धि गरेका छन्। आयल निगमले शनिबार रातिदेखि लागू हुने गरी इन्धनको भाउ प्रतिलिटर ५ रुपैयाँ बढाएको थियो । काठमाडौंबाट धनगडीको भाडा सबै भन्दा धेरै बढेको छ । काठमाडौंबाट धनगडीको भाडा २२० बढेर १२८७० पुगेको छ ।

कहाँको भाडा कति

प्रतिक्रिया दिनुहोस्

LIVE TV