२१ जेष्ठ २०७५, सोमबार

एजेन्सी । विश्वकप फुटबल अघि भएको मैत्रीपूर्ण खेलमा स्पेन र स्वीट्जरल्याण्ड बराबरीमा रोकिएका छन् । स्पेनको घरेलु मैदानमा भएको खेलमा दुबैले एक–एक गोल गरेका थिए ।

खेलको २९ औं मिनेटमा अल्भारो अद्रियोसोलाले पहिलो गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए । स्पेनको अग्रता खेलको ६२ मिनेटसम्म मात्र कायम रह्यो । ६२ औं मिनेटमा स्पेनका गोलकिपर डाविड डे गेयाको गल्तिको फाइदा उठाउँदै स्वीट्जरल्याण्डका रिकार्डो रोड्रिगेजले गोल गरे ।

गएको मार्चमा अर्जेन्टिनामाथि ६–१ को जीत हात पारेको स्पेनले खेलमा आफ्नो दवाव कायम राखेपनि पाएका अवसरलाइ गोलमा परिणत गर्न भने सकेन । स्पेनले ट्युनिसियासँग आगामी शनिबार अर्को मैत्रीपूर्ण खेल खेल्नेछ । स्पेन, पोर्चुगल, मोरक्को र इरानसँगै समुह बी मा छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV