२० जेष्ठ २०७५, आईतवार

काठमाडौं । दक्षिण भारतमा फैलिएको निपाह नेपालमा पहिले देखिनै रहेको भन्दै अज्ञात रोगबाट हुने कतिपय मृत्युमा निपाह संक्रमण भएको हुनसक्ने चिकित्सकहरुले बताएका छन् ।

पशुबाट मानिसमा सर्ने एक खतरनाक भाइरस निपाह संक्रमण भए ‘हेपा फिल्टर’ भएको अत्याधुनिक आइसोलेसन वार्ड आवश्यक पर्ने र जुन नेपालमा नभएकोले पूर्व तयारी गर्न चिकित्सकको सुझाब छ ।

संक्रमण भएको ४८ घण्टा मै मृत्यु हुने निपाह भाइरस संक्रमण भए नेपालमा उपचारको प्रबन्ध नभएको चिकित्सकहरुले बताएका छन्  । यस्ता बिरामीको उपचार गर्न ‘हेपा फिल्टर’ भएको अत्याधुनिक आइसोलेसन वार्ड आवश्यक पर्छ जुन नेपालमा छैन ।

जनावरबाट मानिसमा फैलिने फलफूल खाने चमेरो यो भाइरसको प्राकृतिक वाहक हो । यो संक्रमित चमेरो र सुँगुरको प्रत्यक्ष सम्पर्कमा आउने मानिसमा फैलिन सक्छ ।

यो संक्रमण भएका बिरामी तुरुन्त उपचार नपाए ४८ घण्टाभित्र कोमामा जान सक्छ । निपाह भाइरसको सम्पर्कमा आएको ५ देखि १५ दिनमा ज्वरो आउने, टाउको दुख्नेलगायत लक्षण देखिन थाल्छ । विस्तारै कुराहरू बिर्सने, कोमामा जाने र मृत्यु हुने चिकित्सकको भनाइ छ  ।

नेपालमा निपाह र निपाह जस्तै कडा भाइरस स्वाईनफ्लु, जिका, निपा, सार्स, र ईबोला समेत परीक्षण गर्ने बिएसएल थ्री ल्याव संचालन नगर्दा निपाह भाइरस परीक्षणको ब्यबस्था समेत हाल नेपालमा छैन ।

विश्व स्वास्थ्य सङ्गठनको आर्थिक र विश्व बैंकको आर्थिक तथा प्राविधिक सहयोगमा बिएसएल थ्री ल्याव २०१५ मै जनस्वास्थ्य प्रयोगशाला टेकुमा जडान गरिएको भए पनि सम्बन्धित निकायले बेवास्ता गर्दा संचालनमा आउन सकेको छैन् ।

बिशेषज्ञहरुले नेपालमा निपाह भाइरस को उच्च जोखिम रहेको बताइरहदा सम्बन्धित निकायले कम्तिमा यो भाइरसको परीक्षण र संक्रमण भए उपचार गर्न ब्यबस्था सहितको पूर्व तयारी गर्न आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV