२० जेष्ठ २०७५, आईतवार

  . ज्योति कुमार पन्थी

बर्दिया । आँप चोर्न आउने भारतीय युवालाई पक्राउ गरि नेपाली प्रहरीलाई बुझाएकोमा आक्रोशित बनेका भारतीय प्रहरीले दुई नेपाली नागरिकलाई अहपरणको शैलीमा पक्राउ गरि वेपत्ता बनाएको छ । सीमा क्षेत्रमा हुँदै आएको भारतीय प्रहरीको ज्यादतिको यो घटनाले बर्दियावासी आक्रोशित बनेका छन् ।

नेपाल भारत सीमा जोडिएको बर्दिया जिल्लाको सदरमुकाम गुलरिया नगरपालिका वडा नम्बर ९ मा बस्ने दुई जनालाई भारतीय प्रहरीले नेपाली भुमिबाट पक्राउ गरेको हो । आफनो खेतमा काम गरि रहेका उनिहरुलाई नेपाल भारत सीमानाको दशगजामा भारतीय प्रहरीले बोलाएर पक्राउ गरेको स्थानीयवासीले बताएका छन् । पक्राउ पर्नेमा ५२ बर्षीय याकुव अलि शेष र ३८ बर्षीय नन्कुन्ना शेष रहेका छन ।

नेपाली भूमिमा आँप चोर्न आएका भारतीय युवालाई पक्राउ गरेपछि यो घटना घटेको हो । पक्राउ परेका भारतीय युवाहरु भारतीय प्रधानको रोहबरमा छोडिएपनि त्यस्को लगत्तै खालेपुरवा गाउँको खेतमा काम गरि रहेको समयमा भारतीय प्रहरीले दुई बर्दियावासीले पक्राउ गरि भारत लगेको हो ।

बिना कारण गाउँवासीलाई पक्राउ गरेको भन्दै स्थानीयवासीले निशर्त रिहाईका लागि गुलरिया नगरपालिकासंग पहल गरि दिन अनुरोध गरेका छन ।

शनिबार उनीहरुलाई दशजगा क्षेत्रमा बोलाएर भारतीय प्रहरीले पक्राउ गरि लगेको हो । तर उनिहरुलाई कहाँ राखिएको छ भन्ने बारेमा भारतीय पक्षले कुनै जानकारी दिइएको छैन ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV