२० जेष्ठ २०७५, आईतवार

बुटवल । सामाजिक अभियन्ता तथा युवा नेता मुक्तिराज पौडेलले जन्मदिनको अवसरमा अस्पतालमा भर्ना भएका बिरामीको सहयोगार्थ स्वास्थ्य लाभ कार्डको सुरु गर्नु भएको छ ।

आफन्त तथा शुभेच्छुक बिरामी हुदा केही महिनादेखि नगद सहयोगको अभियान चलाएका पौडेलले आज औपचारिक कार्यक्रम नै आयोजना गरी नगद सहितको स्वास्थलाभ कार्डको शुभारम्भ गर्नु भएको हो ।पौडेलले आज पहिलो दिन बुटवल हस्पिटल प्रालिमा उपचारका लागि भर्ना भएका र आएका ५० बिरामीलाई स्वास्थ्य लाभ कार्ड बितरण गर्नु भएको छ । आज दिनभरीमा २ सय बिरामीलाई कार्ड बितरण गर्ने पोडेलको लक्ष्य छ । स्वास्थ्य लाभ कार्डबाट बिरामीले २ सय ५० रुपैया प्राप्त गर्ने छन ।

तत्कालका लागि बुटवल हस्पिटल प्रालिमा स्वास्थ्य लाभ कार्डको व्यवस्था गरेको र निकट भबिष्यमा यस क्षेत्रका अन्य अस्पतालहरुमा पनि स्वास्थ्य लाभ कार्डको व्यवस्था गर्ने पौडेलले बताउनु भयो ।उहाले आफनो नगद सहित स्वास्थ्य लाभ कार्डको अभियानमा सहयोग गर्न सबैलाई आग्रह गर्नु भएको छ ।

बिरामी भेटन जादा फलफुल लिएर जानु भन्दा स्वास्थ्य लाभ कार्ड मार्फत नगद सहयोग गर्दा त्यो रकमको सदुपयोग हुने र बिरामीलाई पनि थोरै भएपनि राहत हुने उहाले बताउनु भयो ।

बुटवल हस्पिटल प्रालिका अध्यक्ष चुन्न प्रसाद पौडेलले केही गर्नुपर्छ सोच भएका श्रृजनसिल पौडेलले सुरु गरेको स्वास्थ्यलाभ कार्ड अभियान सकारात्मक र स्वागतयोग्य भएको बताउनु भयो । उहाले यो अभियानमा हस्पिटल र आफ्नो व्यत्तिःगत तर्फबाट समेत पुर्ण सहयोग रहने बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV