२० जेष्ठ २०७५, आईतवार

काठमाडाैँ । नेपाल प्रहरीका ३ पूर्व उच्च अधिकारीले साढे ३३ किलो सुन तस्करी र सनम शाक्यको हत्या प्रकरणमा निर्दोष प्रहरीलाई फसाइएको भन्दै छुट्टै छानबिनको माग गरेका छन् ।

नेपाल प्रहरीका पूर्व एआइजी राजेन्द्रसिंह भण्डारी र डिआइजीद्वय हेमन्तमल्ल ठकुरी र रमेश खरेलले एसएसपी दिवेश लोहनी, डिएसपी प्रजित केसी र सई बालकृष्ण संजेललाई फसाइएको भन्दै बैंकल्पिक संयन्त्र बनाएर फेरि छानबिन गर्नुपर्ने माग गरेका हुन् । आयोग, ‘टाक्स फोर्स’ या संसदीय समिति बनाएर ३३ किलो सुन तस्करी र सनम शाक्यको हत्याको पुनः छानबिन गर्न सकिने उनीहरुको भनाइ छ । निष्ठावान प्रहरीलाई नै पक्राउ गरिँदा प्रहरी संगठनकै मनोवल गिर्दा पनि सो ‘अप्रेशन’बारे सम्पूर्ण जानकारी भएका तत्कालिन प्रहरी प्रमुखले केही बोल्न नसक्नु नालायकीपन भएको उनीहरुको भनाइ थियो ।

भण्डारी, ठकुरी र खरेलले सरकारद्वारा गठित छानबिन समितिको नेतृत्वप्रति पनि प्रश्न उठाएका छन् । निजामति कर्मचारीलाई छानबिन समितिको नेतृत्व दिइएको भन्दै उनीहरुले समितिका संयोजकसँग अनुसन्धान गर्ने उपाय नै नभएको जिकिर पनि गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV