२० जेष्ठ २०७५, आईतवार

एजेन्सी । बलिउड सुपरस्टार नायक संजय दत्तको जीवनमा आधारित फिल्म ‘संजू’ ले यति बेला चर्चा बटुल्दै छ । यो फिल्ममा रणवीर कपूरले संजयको भुमिका निभाएको छ ।

रणवीर कपूर संजय दत्तको विभिन्न अवतारमा देखिएको छ । यस गीतलाई सुनीधी चौहान र सोनू निगमले स्वर दिएको छ । पुनीत शर्माले लेखेको गीतमा रोहनले संगीत भरको छ । संजय दत्तको रुपमा रणवीरलाई देख्दा दर्शकहरु छक्क परेका छन् । रणबीरले संजय दत्तको भुमिका राम्रोसँग निर्वाह गरेकाे छ। फिल्म ‘संजू’ को पहिलो गीत ‘मैँ बढिया तु भी बढिया’ रिलीज भएकाे छ । यस गीतमा रणवीर र सोनम कपूरको अभिनय रहेको छ ।

फिल्ममा अनुष्का शर्मा, दीया मिर्जा,सोनम कपूर , परेश रावल , मनीषा कोइराला, बमन ईरानी र विक्की कौशल  कलाकारहरु रहेका छन् । ‘संजू’  फिल्म २९ जून २०१८ मा  रिलीज हुने भएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV