२० जेष्ठ २०७५, आईतवार

दीपक उपाध्याय

प्रदेश ७ का आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले अहिलेको बजेटले सबै कुरालाई समेट्न नकसेको बताउनु भएको छ ।

मन्त्री बोहराले केन्द्र सरकारले ल्याएको बजेटले समग्र क्षेत्रलाई समेट्न नसकेको बताउँदै प्रदेश सरकारका लागि छुट्याइएको बजेटको सिलिङ्ग बढाउनु पर्ने माग गर्नुभयो । यद्दपि उहाँले केन्द्र सरकारको बजेट समाजवाद उन्मुख भएको उहाँको कथन थियो । प्रदेश सरकारका लागि केन्द्र सरकारले छुट्याईएको २१ अर्ब १ करोड बजेटलाई प्राथमिकताका आधारमा खर्च गरिने बताउँदै मन्त्री बोहराले आगामी असार १ गते प्रदेश सरकारले करिब २५ अर्बको हाराहारीमा बजेट ल्याउने तयारी गरिरहेको जानकारी दिनुभयो ।

मन्त्री बोहराले संघीयता कार्यान्वयनको संघारमा रहेको बेला ल्याउन लागेको बजेट आधार वर्षको रुपमा रहने बताउनुभयो । उहाँले प्रदेश सरकारले ल्याउने बजेट पिछडा वर्ग, दलित, विपन्न समुदाय, महिला र युवा लक्षित हुने भन्दै आगामी पाँच वर्ष भित्रमा प्रदेशलाई कृषिमा आत्मनिर्भर बनाउने लक्ष्य लिएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV