२० जेष्ठ २०७५, आईतवार

काठमाडौं । नेपाल आइडलका सेकेन्ड रनरअप गायक प्रताप दासले आफ्नो नयाा गीत ल्याएका छन् । ‘झरी जस्तै तिम्रो माया’ बोलको गीतमा निर्मला उप्रेतीले प्रतालाई स्वरमा साथ दिएकी छन् । संगीत भिम विसीको छ ।

सार्वजनिक गीतको बारेमा बोल्दै प्रतापले आफ्नो पछिल्लो गीतलाई दर्शक तथा श्रोताले मन पराउने आशा राखेका छन् । ‘मौसम पनि झरीकै छ । मेरो झरी गीतलाई सबैले मन पराउनु हुन्छ भन्ने विश्वास छ’, प्रतापले बताए ।

प्रमिला बोहोराको शब्द रहेको गीतको भिडियोमा गायिका उप्रेती र रकी खैतवासले मोडलिंग गरेका छन् । नवराज उप्रेतीको निर्देशन तथा छायााकन रहेको भिडियोमा प्रविण भटट्को सम्पादन छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV