२० जेष्ठ २०७५, आईतवार

काठमाडौं । आर्थिक वर्ष २०७५/७६को बजेटमाथि प्रतिनिधिसभाका सांसदले उठाएका प्रश्नको अर्थमन्त्री युवराज खतिवडाले आज जवाफ दिनुहुनेभएको छ ।

जेठ १५ गते प्रस्तुत भएको १३ खर्ब १५ अर्बको बजेटमाथि जेठ १७ गतेदेखि शुरु भएको छलफलका क्रममा सांसदले उठाएका प्रश्नलाई अर्थमन्त्री खतिवडाले जवाफ दिने कार्यसूची तय गरिएको छ । प्रतिनिधिसभामा बजेटमाथि केही सांसदले बोल्ने क्रम जारी रहेकाले सांसदको भनाईपछि अर्थमन्त्रीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदले जनाएको असन्तुष्टिलाई जवाफ दिने जनाइएको छ ।

यसअघि शुक्रबार अर्थमन्त्री खतिवडाले राष्ट्रियसभा बैठकमा राष्ट्रियसभा सदस्यले उठाउनुभएको प्रश्नको जवाफ दिनुभएको थियो । प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्रीको जवाफपछि मन्त्रालयगत रुपमा बजेटमाथि छलफल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV