२० जेष्ठ २०७५, आईतवार

एजेन्सी :

रूसमा हुन गइरहेकाे विश्वकप फुटबलका लागि उरुग्वेले पनि अाफ्नाे टिम घाेषणा गरेकाे छ । दक्षिण अमेरिकी मुलुक उरूग्वेका प्रशिक्षक ओस्कार ताबारेजले २३ जनाकाे टिम घोषणा गरेका हुन् ।

टिममा ८ वर्षअघि दक्षिण अफ्रिका विश्वकप खेलेका ७ खेलाडीका साथै ४ वर्षअघि विश्वकप खेलेका ११ जना खेलाडी छन् ।  तर टिममा ग्यासटाेन रामिरेज, निकोलस लोडेइरो र फेडी भाल्भेर्डीजस्ता स्थापित खेलाडी भने टिममा परेका छैनन् । तर गुइलेर्मो भारिला भने टोलीमा परेका छन् ।

लुइस स्वारेज, एडिसन काभानीसहितका स्टार खेलाडी र  केही नयाँ खेलाडी पनि टिममा समावेश गरिएकाे छ । यही जून १४ बाट सुरू हुने विश्वकपमा उरूग्वेले समूह ‘ए’ बाट आयोजक राष्ट्र रुस, साउदी अरेबिया र इजिप्टसँग खेल्नेछ । उरूग्वेकाे पहिलाे खेल जुन १५ मा इजिप्टसँग हुनेछ ।

यी हुन् टिममा परेका खेलाडी

गोलरक्षकमा : मार्टिन क्याम्पाना, फर्नान्डो मुस्लेरा र मार्टिन सिल्भा रहेका छन् ।

फरवार्डसतर्फ : एडिसन काभानी, म्याक्सिमिलिएनो गोमेज, लुइस स्वारेज तथा क्रिष्थिएन स्टुएनी ।

डिफेन्डर्स : मार्टिन कासिरेस, सेबास्टिएन कोएटेस, जोसे मारिया गिमिनेज, डिएगो गोडिन, म्याक्सिमिलिएनो परेइरा, ग्यासटन सिल्भा र गुइलेर्मो भारेला ।

मिडफिल्डरमा : जियोर्जियन डी एर्रास्काएटा, रोड्रिगो बेनटान्कुर, डिएगो लाक्साल्ट, नाथिटन नान्डेज, क्रिष्टिएन रोड्रिग्वेज, कार्लोस सान्चेज, लुकास टोरेइरा, माटिएस वेकिनो तथा जोनथान उरेटाविस्काया ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV