२० जेष्ठ २०७५, आईतवार

लमजुङ  । १७ किलो सुनका भरियालाई साढे १० बर्ष ६ महिना कैद फैसला गरेको छ । मनाङको नासो गाउँपालिका ९, दानाक्युका ३१ बर्षीया पासाङ लामालाई लमजुङ जिल्ला अदालतले १० बर्ष ६ महिना कैद फैसला गरेको हो।

जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यको ईजालासले बगोबमोजिम ८ करोड १६ लाख १४ हजार ९ सय ६० रुपैयाँ जरिवानासमेत तोकेको छ ।

संगठित अपराध ऐन, २०७० अन्तर्गतको मुद्धामा लामालाई थप ५० हजार रुपैयाँ जरिवाना तोकिएको अदालतका स्रेतादार मुभिप्रसदा शर्माले बताए । गत कार्तिकमा अन्नपूर्ण पदमार्गअन्तर्गत लमजुङको खुदीबाट १७ किलो सुनसहित लामालाई प्रहरीले पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV