२० जेष्ठ २०७५, आईतवार

बाँके । नेत्रविक्रम चन्द ‘विप्लव’ ले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीका बाँके जनसरकार प्रमुख देवबहादुर रोकायाले पार्टी परित्याग गरेका छन् ।

पार्टीको क्रियाकलापप्रति चित्त नबुझेको भन्दै जनसरकार प्रमुख रोकायाले साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका हुन् । नेपालगञ्ज व्यापार व्यवसाय गरेर बसेका जनसरकार प्रमुखलाई राज्यले पटक–पटक समातेर थुनेको थियो । पछिल्लो पटक बैशाख २२ गते समातेको प्रहरीले जेठ १३ गते छोडेको थियो । यो खबर आजको नेपाल समाचारपत्रमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV