१९ जेष्ठ २०७५, शनिबार

काठमाडौं । सरकारले अब विदेशबाट नेपाल आउदा कसैले रक्सी ल्याउदा कर तिर्नू पर्ने ब्याबस्था लागु गर्ने भएको छ ।

यसअघि बिदेशबाट रक्सी ल्याए त्यसको कर तिर्नु पर्ने बइाबस्था थिएन् । तर अब त्यो सुविधा हटाइएको भन्सार विभागले जनाएको छ । रक्सीमा कर लगाए वाषिर्क एक अर्ब रुपैयाँ राजश्व उठ्ने सरकारले ठहर गरेको छ ।

सरकारी पक्षले भनेको छ ‘विदेशबाट रक्सी ल्याउने क्रम निकै बढ्यो, झण्डै एक अर्ब राजस्व गुमेको पाइएयो साथै रक्सीले स्वास्थ्यमा नराम्रो असर गर्छ । त्यसैले यसमा भन्सार छुट दिइरराख्नु पर्ने महसुश हामीले गरेनौं ।’ विदेशबाट फर्किने यात्रुले भन्सार तिरेर रक्सी ल्याउन पाउने नपाउने भन्ने विषय तय भएको छैन ।

सरकारले नयाँ आर्थिक ऐनअनुसार झिटीगुन्टा आदेश जारी गरिसकेको छैन । केही दिनमा जारी हुने यो आदेशमा यस विषयमा स्पष्ट गर्ने योजना छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV