१९ जेष्ठ २०७५, शनिबार
  • सुशीलबाबु थकाली,

मुस्ताङ । हिमालपारीको जिल्ला मुस्ताङ पनि सडक सञ्जालमा जोडिएपछि मुस्ताङको उत्पादनहरु सहजै देशका बिभिन्न भागमा पुग्न थालेका छन् । त्यतिमात्र नभई आन्तरिक तथा वाह्य पर्यटकका लागि पनि सडक सु्विधाले मुस्ताङको मनोरम दृश्यावलोकनको रस्वादान गर्न सहज भएको छ । तर कपितय स्थानमा बन्नु पर्ने पुल समयमै निर्माण नहुँदा सवारी साधन र यात्रुहरुले झन्झट व्यहोर्न विवश बनेका छन् ।  

मुस्ताङ सदरमुकाम जोमसोम र मार्फालाई जोड्ने यो पुलको सम्झौता २०७१ वैशाख ६ गते सम्झौता भएको थियो । एक सय १५ मिटर लामो यो पुलको निर्माण अवधि आगामी भदौमा सकिदैछ । निर्माणको शैली हेर्दा अबको साढे तीन महिनामा पुलको निर्माण सम्पन्न गर्न सम्भव देखिदैन । निर्माण लगभग अलपत्र अवस्थामा देखिएको यो पुलको निर्माण छिटो हुनु पर्ने माग सवारी साधन प्रयोगकर्ता तथा स्थानीयवासीको छ ।

घरपझोङ गाउँपालिका अन्तर्गतको स्याङ खोलामा निर्मानाधीन पक्की पुलको निर्माणमा ढिलाइ हँुदा सवारी आवागमनका लागि कच्ची पुलको सहारा लिनु परिरहेको छ । पुलको ठेक्का १० करोड ५२ लाख रुपैयाँमा मुक्तिनाथ श्री गीता जेभीले सकारेको हो । गीता जेभीका प्रमुख तथा संघीय संसदका सांसद प्रेमप्रसाद तुलाचनले यो पुलको ठेक्का लिनु भएको छ । कोरला नाका जोड्ने सडक पनि निर्माणको क्रममा रहेकोले पुल निर्माणमा ढिलाई भएपनि सम्झौता अवधि भित्र पुल निर्माण हुने तुलाचनको भनाई छ ।

पुलको निर्माण कार्यलाई तदारुकता नदिइए नजिकिदो वर्षा मौसमका कारण यात्रुले थप दुःख पाउने निश्चित छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV