१९ जेष्ठ २०७५, शनिबार
  • शान्तिराज राई

काठमाण्डौ । राष्ट्र निर्माण अभियानका अभियन्ता तथा अधिवक्ता किवाहाङ राइले नेपालको संबिधान २०७२ को कार्यन्वयनका लागी प्रदेश नं १ को नाम किरात प्रदेश राख्नु पर्ने बताएका छन ।

काठमाडौंमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने देशमा पटक पटक भएको आन्दोलन, क्रान्ति , शसस्त्र द्वन्द नेपाली जनताको रहरले भएको होइृन् । देशमा बिध्यमान बर्गिय, जातिय, क्षेत्रीय, लिंगीय लगायतका बिभेदहरु समाप्तति गर्न , क्रान्ति र शसस्त्र द्वन्दहरु भएका हुन् ।

२०६२ ६३ को परिवर्तनकारी शक्तिहरुले बिध्यमान तिनै बिभेदहरु समाधान गर्न राज्यको अग्रगामी पुनरसंरचना ढृढ संकल्प गरेअनुरूप २ वटा संबिधानसभा निर्वाचन र ८ बर्ष लगाएर बनाएको नेपालको संबिधान २०७२ सबै आन्न्दोलन, क्रान्तिहरुको आन्दोलनको उपलब्धी हो ।

यो संबिधानले समानुपातिक समावेशी र सहभागितामूलक सिद्दानतको आधारमा समतामुलक समाज निर्माण गर्ने संकल्प गरेको छ ।

संबिधानको प्रस्तावनाको प्यारा ४, धारा ३, धारा ४२, धारा ५०, धारा ५१ क लगायत प्रावधानहरु अक्षरस कार्यन्वयन गराउन सरकारको आजको अनिवार्य काम र कर्तब्य हो ।

संबिधान कार्यन्वयन सही रुपमा लागु गर्नको लागी पहिचानमा आधारित प्रदेशहरुको नामकरण हुनु पर्छ भनेर हामीले बारम्बार आवाजहरु उठाउदै आएको छौ ।

यसक्रममा १ नँ प्रदेशको नाम किरात प्रदेश राख्नु संबिधानको सही कार्यन्वयन गर्नु हो । संबिधानका सम्बन्धित प्रावधानहरु पढेर जानकारी लिदै लागु गराउन समस्त नेपालीहरुले घणीभुत आवाज सबैलाई आह्वान गर्दछु ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV