१९ जेष्ठ २०७५, शनिबार
  • राजु पौडेल,

झापा । मार्भल ब्राण्डका पाइप तथा फिटिङहरु उत्पादन र बिक्री गर्दै आएको मार्भल टेक्नोप्लाष्ट प्रा.लि.ले आफ्ना उत्पादनहरुका बारेमा डिष्ट्रिब्यटरस, डिलर र सञ्चारकर्मीहरुलाई जानकारी गराएको छ ।

शनिवार झापाको विर्तामोडमा पत्रकार सम्मेलन गर्दै मार्भलको ब्राण्ड एम्बासेडर समेत रहेका वरिष्ठ हास्यकलाकारद्धय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य , मार्भल टेक्नोप्लाष्ट प्रा.लि.का भाइस प्रेसिडेन्ट पवनकुमार सञ्चेती लगायतले ब्राण्डको बारेमा जानकारी दिनुभएको थियो ।

कम्पनीको उत्पादनहरु वातावरणमैत्री, टिकाउ, गुणस्तरीयता र किफायती भएको , लुब्रिजोल सीपीभीसी टेक्नोलोजी र केमिकल इनोभेशनमा लिडिङ कम्पनी भएको बताइएको छ । लुब्रिजोलले विश्वका १३० भन्दा बढि मुलुकसँग टाइअप गरेर आफ्नो उपस्थिति जनाउँदै आएको छ ।

मार्भल टेक्नोप्लाष्टले हाल मार्भल फ्लोगार्ड प्लास–पाइप एण्ड फिटिङ, मार्भल प्योरफ्लो–युपीभीसी कोल्ड वाटर पाइपिङ सिस्टम, मार्भल इकोडन–लिड फ्रि ड्रायनेज सिस्टम उत्पादन गर्दै आएको छ । त्यस्तै मार्भल ड्युराड्रेन अण्डरग्राउण्ड ड्रायनेज पाइप, मार्भल अक्वाफ्लो– युपीभीसी प्रेसर पाइप, मार्भल बोरवेल– क्यासिङ पाइप फर बोरवेल, मार्भल सेफडक्ट– फायर रेसिस्टेन्ट युपीभीसी कन्डक्ट पाइप एण्ड फिटिङ लगायतका बस्तुहरु पनि उत्पादन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV