१९ जेष्ठ २०७५, शनिबार
  • सुवास गौतम

बागलुङ । प्रदेश ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले केन्द्र सरकारले प्रदेश सरकारलाई विनियोजन गरेको बजेट संघीयताको मर्म विपरित भएको टिप्पणी गर्नुभएको छ ।

बाग्लुङमा आयोजित कार्यक्रममा मुख्यमन्त्री गुरुङले केन्द्र सरकारले प्रदेश सरकारलाई अफू अनुकुल हिडाउन खोजेको आरोप लगाउँदै बजेट अड्कलेर दिनुले संघीयताको मर्म विपरित भएको तर्क गर्नुभयो ।

केन्द्र सरकारले दिएको रेल र पानीजहाज सपनाले मात्र समृद्धि नआउने तर्क गर्नुभएका गुरुङले प्रदेश सरकारले ल्याउने बजेटमा साधनस्रोतले भ्याएसम्म ८५ वटा स्थानीय सरकारमा समानुपातिक बजेट र कार्यक्रम संचालन गर्ने दाबी गर्नुभयो ।

७ वटै प्रदेश मध्ये सबैभन्दा कम बजेट दिएकोमा आक्रोशित बन्नुभएका मुख्यमन्त्री गुरुङले केन्द्रले गरेजस्तो अपमान नगरी उदाहरणीय बन्ने नीति तथा कार्यक्रम पेश गर्नेे दावी समेत गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV