१९ जेष्ठ २०७५, शनिबार

एजेन्सी :

अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका लागि आर्टिफिशियल इन्टेलिजेन्स (एअार्इ) काे काम गर्दै अाएकाे गुगल अब भने पूर्व सम्झाैताबाट बाहिरिने बताइएकाे छ ।

न्यूयर्क टाइम्स र द इन्टरसेप्टको एक रिपोर्ट अनुसार गुगलले अाफ्ना कर्मचारीहरुको विरोधका कारण उक्त सम्झाैता नवीकरण नगर्ने मनसायमा रहेकाे छ । गुगलका वरिष्ठ कार्यकारी अधिकृत डीएन ग्रीनले अाफ्ना कर्मचारीहरूसँग अर्को वर्ष मार्चमा उक्त सम्झाैता समाप्त हुने र त्यसपछि नवीकरण नगर्ने पक्षमा अाफू रहेकाे बताएका छन् ।

अमेरिकी रक्षा मन्त्रालयका लागि काम गर्दै अाएकाे गुगलका धेरै कर्मचारीहरुले यसकाे विराेध गरेका छन् । ‘मेवन’ नामक यस प्राेजेक्टमा रही काम गर्दै अाएका धेरै कर्मचारीले पदबाट धमाधम राजीनामा दिइरहेका छन् भने हज़ाराैंले एक संयुक्त विराेध वक्तव्यमा हस्ताक्षर गरेकाे जनाइएकाे छ ।

कर्मचारीहरुलाई डर छ कि यो प्रोजेक्ट आर्टिफिशियल इंटेलिजेंसबारे प्रयोगको दिशामा पहिलो चरण हो । तर गुगलले भने पछिल्लाे समय यसबारे कुनै टिप्पणी सार्वजनिक गरेकाे छैन ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV