१९ जेष्ठ २०७५, शनिबार

जनकपुर । जानकी मेडिकल कलेजका कर्मचारीले सम्पूर्ण सेवा बन्द गरेका छन् । ६ सूत्रीय माग राख्दै मेडिकल कलेजका कर्मचारीले सम्पूर्ण सेवा बन्द गरेका हुन् ।

गत फागुन २५ गतेपछि गरिएका बर्खास्त तथा सरुवाका निर्णय २४ घण्टा भित्र फिर्ता, गत वर्ष व्यवस्थापन तथा कर्मचारीबीच भएको ६ बुँदे समझौता कार्यान्वयन, कार्यरत कर्मचारी तथा चिकित्सकको करार नवीकरण, सेवाग्राही बिरामीलाई आधारभूत स्वास्थ्य सेवा, राजीनामा दिएका कर्मचारी, फ्याकल्टीका तलब भत्ता तथा बाजारका बाँकी बक्यौता फछ्र्यौट एवं अध्ययनरत विद्यार्थीलाई स्तरीय शिक्षा प्रदान गर्नुपर्ने कर्मचारी हकहित संरक्षण संघर्ष समितिले माग राखेका छन् ।

गत बुधबारदेखि आपतकालीन सेवा समेत बन्द गरेका कारण तीन सयभन्दा बढी विद्यार्थी र हजारौं सेवाग्राही मर्कामा परेका छन् । स्वास्थ्य विज्ञान अध्ययनरत अन्तिम वर्षका विद्यार्थी प्रयोगात्मक परीक्षा दिन पाएका छैनन् । अन्तिम वर्षका छात्रहरूको सैद्धान्तिक परीक्षा सम्पन्न भइसके पनि शनिबारदेखि हुने भनिएको प्रयोगात्मक परीक्षा अस्पतालमा तालाबन्दी गरिएको कारण स्थगित भएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV