१८ जेष्ठ २०७५, शुक्रबार

काठमाडौं । यो साताबाट फिल्म ‘वेवी आई लभ यु’ दर्शकमाझ रिलिजमा आएको छ । यो फिल्मले दर्शकहरुबाट राम्रो प्रतिकृया पाईरहेको निर्माण पक्षले जानकारी गराएका छन् । यो फिल्म देशैभर रिलिजमा आएको हो ।

फिल्म रिलिजको पहिलो दिन काठमाडौंका गोपी कृष्ण हल, गुण सिनेमा हल, अष्ट नारायण लगाएतका हलहरु हाउफुल भएको निर्माण पक्षले जनाएका छन् । यो फिल्मले अभिनेता सन्तोष खड्गी र पूजा तिवारीबीचको प्रेम र विछोड कथालाई पर्दामा प्रस्तुत गरेरको छ ।

फिल्ममा सन्तोष खड्गी, पूजा तिवारी, सरोज खनाल, निर्मल शर्मा, राजु कमेडी, रेशम बुढाथोकी, अप्सन पन्थी लगायतको मुख्य अभिनय रहेकको छ ।

फिल्मलाई जनक पाण्डेले निर्देशन गरेका हुन् । लिची इन्टरटेन्मेन्ट प्रा.लिको ब्यानरमा फिल्मलाई शिव न्यौपानेले निर्माण गरेका हुन् । पूर्ण प्रेमकथामा बनेको यो फिल्मलाई दर्शकले रुचाईरहेका निर्माण टिमको दाबी छ ।
यसै साताबाट विपिन कार्की अभिनित ‘ह्यारी’ र ‘अमेरीका बोइज’ पनि दर्शकमाझ रिलिजमा आएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV