१८ जेष्ठ २०७५, शुक्रबार

काठमाडौँ । खानेपानी मन्त्रालयले मेलम्ची खानेपानी आयोजनाको काम तोकीएको समयमा नसके ठेकेदारलाई कारवाही गर्ने भएको छ । मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन गरी यस्तो बताएको हो ।

मन्त्रालयले ठेकेदार कम्पनी सिएमसीले यसअघि गरेका प्रतिबद्धता अनुसार काम नगरेकोमा असन्तुष्टि समेत जनाएको थियो ।मन्त्रालयले प्रतिवद्धता बमोजिम काम नगरेकोमा ठेकेदारसँग सपष्टिकरण समेत लिएको जनाएको छ ।

मन्त्रालयले आगामी साउन ३० गते मेलम्चीको पानी काठमाडौमा झार्ने लक्ष्य लिएको छ । त्यसका लागि मन्त्रालयले ठेकेदार कम्पनीको मुख्य कार्यलय इटालीको उच्च व्यवस्थापकलाई पत्राचार गरी नेपाल बोलाएर छफल गर्न पत्राचार गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV