१८ जेष्ठ २०७५, शुक्रबार
  • हरिशजङ्ग क्षेत्री,

काठमाडौं । शुक्रबारबार देखि काठमाडौंमा १२औं किसिपिडी बुदोकै-दो च्याम्पियनसिप फुलकन्ट्याक्ट कराते प्रतियोगिता सुरु भएको छ ।

राष्ट्रका लागि खेलकुद, स्वास्थका लागी खेलकुदू भन्ने मुल नाराका साथ किसिपिडी बुदोकैदो शाखाको आयोजनामा र चन्द्रागिरी नगरपालिकाको सहयोगमा सुरु भएको कराते प्रतियोगितालाई चन्द्रागिरी नगरपालिकाका मेयरले घनश्याम गिरिले उद्घाटन गर्दै नेपाली खेलकुदको बिकास र खेलाडीहरुको खेल बिकासका निम्ति चन्द्रागिरी नगरपालिकाले सदा सहयोग रहने बताएका थिए ।

साथै प्रतियोगिताले उत्कृष्ट खेलाडी उत्पादन गर्न सफल हो भनी सफलताको शुभकामना समेत व्यक्त गरेका थिए । दुई दिन सम्म चल्ने प्रतियोगितामा सातै प्रदेशका दुई सय जना महिला पुरुष खेलाडीहरुले ११ स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्ने प्रतियोगिताका संयोजक विरकृष्ण महर्जनले बताएका छन् । आज सबै ११ तौल समुहका क्वाटर फाईनल सम्मका खेलहरु संचालन हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV