१८ जेष्ठ २०७५, शुक्रबार

सरकारले आर्थिक वर्ष २०७५/ ७६का लागि बजेट पेस गरेको छ ।बजेटबारे बिभिन्न टिका टिप्पणी र प्रतिक्रियाहरु आईरहेका छन् ।

प्रधानमन्त्रीले जसरी पनि यस बजेटलाई कार्यान्वयन गराएरै छाड्ने बताउनु भएको छ भने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले फरक धारणा निकाल्दै असहमती जनाएको छ ।उता, संघीयताको मर्म र भावन विपरीत ल्याइएको भन्दै राष्ट्रियसभामा पनि विपक्षी सांसदले बजेटको आलोचना गरेका छन् ।

बजेट छलफलमा भाग लिँदै धनकुमारी खतिवडाले संघीयताको मर्म र भावना विपरीत ल्याइएको बजेटले समृद्धि र विकासको जनचाहना पूरा नगर्ने जिकीर गर्दा अनिता देवकोटाले श्वेतपत्रलाई गलत सावित गर्ने गरी अत्यन्तै कमजोर बजेट ल्याइएको टिप्पणी गर्नुभयो । वृषेशचन्द लालले केन्द्रीकृत अवधारणामै ल्याइएको बजेटले तराई–मधेसलाई विभेद गरेको गुनासो गर्नुभयो ।

तर, सत्तापक्षीय इन्दु कडरियाले जनअपेक्षा सम्बोधनमा सफल हुने भन्दै बजेटको बचाउ गर्दै कार्यान्वयनमा दुविधा नराख्न आग्रह गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV