१८ जेष्ठ २०७५, शुक्रबार
  • शान्तिराज राई,

काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेर कीर्तिमान कायम गरेकी महिला आरोही ‘दिकी शेर्पा’लाई सम्मान कार्यक्रममा बोल्दै ओखलढुंगाबाट प्रत्यक्ष निर्वाचित प्रतिनिधिसभा सदस्य यज्ञराज सुनुवारले प्रदेशको नामकरण गर्दा सगरमाथा छुट्न नहुने जिकिर गरेका छन् ।

उनले भने, ‘म एउटा किरातिको छोरा, किराती पुत्र भएपनी म भन्न चाहन्छु । जुनसुकै नाम राखेनी प्रदेश नम्बर १ को नाममा सगरमाथा सङ्ग जोडिनु पर्छ ।’ सुनुवारको लक्षित भनाई अहिले आएर किरात प्रदेशको मुद्दा पेचिलो हुँदै गएको अवस्थामा ‘किरात सगरमाथा’ भएपनी जताबाट पनी सगरमाथा जोडिनु पर्छ भन्ने आशाय राखेका हुन् ।

त्यस्तै उनले ओखलढुंगा, सोलुखुम्बु, उदयपुरको अहिलेको राजमार्गलाई २ लेनको बाट ४ लेनको निर्माण गर्दै लाखौं लाख पर्यटकलाई सिधै सगरमाथा सङ्ग जोडिनु पर्ने समेतमा जोड दिए ।

उक्त कार्यक्रमलाई पर्यटन मन्त्री रविन्द्र अधिकारी सांसद हेमकुमार राई (सुरवीर), यज्ञराज सुनुवार, पूर्व सभासद रामहरी खतिवडा, जनजाति नेता आङकाजी शेर्पालगायतले सम्बोधन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV