१८ जेष्ठ २०७५, शुक्रबार

काठमाडौं । सरकारले ऐनमा उल्लेख भएअनुसार कम्प्युटर अपरेटर पद अबका दिनमा खारेज गर्ने भएको छ । संघीय निजामती सेवा ऐनको मस्यौदामा कम्प्युटर अपरेटर पद खारेज गर्ने उल्लेख छ ।

हाल कायममा विविध सेवा अन्तर्गत राजपत्र अनंकित प्रथम श्रेणी कम्प्युटर अपरेटर पद र राजपत्र अनंकित द्वितीय श्रेणीको सहायक कम्प्युटर अपरेटर पद रहेका छन् । सरकारले लोकसेवा आयोग मार्फत् परीक्षा लिएर स्थायी पदपूर्ति गर्दै आएकोमा अब उक्त पदको लागि भर्ना खुलाउने छैन ।

विज्ञापन नभइ पद रिक्त भएको अवस्थामा स्वतः पदहरु खारेज गर्ने निजामति ऐनमा उल्लेख छ ।सरकारसँग रहेको अभिलेखमा हाल सम्म कम्प्युटर अपरेटर पदमा १ हजार ८७ जना र सहायक कम्प्युटर अपरेटर पदमा २६६ जना स्थायी कर्मचारीहरु कार्यरत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV