१८ जेष्ठ २०७५, शुक्रबार

काठमाडौं । यो साता एकैसाथ तीन फिल्महरु दर्शकमाझ रिलिजमा आएका छन् । यो शुक्रबारबाट –‘बेबि आई लभ यू’, ’अमेरिका ब्वाइज’ र ‘हरी’ दर्शकमाझ रिलिजमा आएका  हुन् ।

यो शुक्रबारबाट जनक पाण्डेको निर्देशन रहेको फिल्म ‘बेबी आई लभ यू’ दर्शकमाझ रिलिजमा आएको छ । फिल्ममा सन्तोष खड्गी, पूजा तिवारी, सरोज खनाल, निर्मल शर्मा, राजु कमेडी, रेशम बुढाथोकी, अप्सन पन्थी लगायतको मुख्य अभिनय रहेकको छ । सन्तोष र पूजा बीचको प्रेम र विछोड कथाले दर्शक रोमान्चित हुने अभिनेता सन्तोषले बताएका छन् ।

लिची इन्टरटेन्मेन्ट प्रा.लिको ब्यानरमा फिल्मलाई शिव न्यौपानेले निर्माण गरेका हुन् । पूर्ण प्रेमकथामा बनेको यो फिल्मलाई दर्शकले रुचाउने निर्माण पक्षको भनाई छ ।

यसै शुक्रबारबाट फिल्म ‘अमेरिका बोइज’ पनि दर्शकमाझ रिलिजमा आएको छ । फिल्मलाई प्रवेश पौडेल निर्देशिन गरेका हुन् ।

फिल्ममा अर्पन थापा, सुनिल थापा, सन्दिप क्षेत्री, हरिहर शर्मा, कामेश्वर चौरासिया, अभय बराल, आसिश प्रसाई, सृष्टि कार्की, शारदा गिरी, रश्मि भट्ट, रमा थपलिया, सुबास गजुरेल, राजु खरेल, मनिष राउत लगायतको अभिनय छ ।

फिल्मलाई सीबर्ड्स पिक्चर्स र बडी इन्टरटेन्मेन्टस्को ब्यानरमा प्रकाश भुजेल र इन्द्र प्रसाद खरेलले फिल्मलाई निर्माण गरेका हुन ।

त्यस्तै यसै शुक्रबारबाट विपिन कार्की अभिनित फिल्म ‘ह्यारी’ पनि रिलिजमा आएको छ । यो फिल्ममा अभिनेता विपिन कार्कीको भेग्लै भुमिका रहरेको छ । यो फिल्म हर सफल केसी र प्रतिक गुरुङको लेखन तथा निर्देशानमा तयार भएको छ ।

फिल्ममा बिपिन कार्कीसँगै सुनिता श्रेष्ठ ठाकुर, कमलमणी नेपाल, थिन्ले लह्मो, लक्ष्मी बर्देवा, लोकनाथ आचार्य, प्रकाश गन्धर्व, राम भजन कामत, सुनिशा बजगाई लगायतको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV