१८ जेष्ठ २०७५, शुक्रबार

पाल्पा। पाल्पाको तानसेनबाट रामपुर जांदै गरेको यात्रुवाहक बस दुर्घटनामा परि १२ यात्रुको मृत्यु भएको छ ।

रम्भा गाउँपालिका–४, हुमिनको धारादी वनमा दुर्घटनामा परेका १२ जनाको सनाखत भएको छ ।

प्रहरी उपरीक्षक दिल्लीराज पन्तका अनुसार मृत्यु हुनेमा तानसेन नगरपालिका–४ का विष्णु बज्राचार्य र कृष्णबहादुर बोहोर, तानसेन– २ का लोकनाथ ढकाल, तानसेन– ३ का वसन्ती खाँड, देवेन्द्रलाल प्रधान, कृष्णमान बज्राचार्य, छत्रमान शाक्य र सुुशीलप्रसाद श्रेष्ठ, तानसेन– ६ का दुर्गाबहादुर सारु र गीता बुढाथोकी तथा तानसेन बजारका सचिन बज्राचार्य र कमला कार्की रहेका छन् ।

रामपुरको अध्ययन अवलोकन भ्रमणमा निस्केको तानसेनको लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको टोली चढेको लु२ख ९७५ नं को बस आज बिहान पाल्पाको रम्भा गाउँपालिका–४, हुँमिनको धारादी वनमा दुर्घटनामा परेको हो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV