१७ जेष्ठ २०७५, बिहीबार
  • देवराज पन्त,

मकवनपुर । पुर्वाधार निमार्णको ठेक्का राजनीति गर्ने नेताले पाए भने के होला ? उदाहरणको लागि मकवानपुरको बागमती गाँउपालिका ४ र सिन्धुलीको हरीहरपुर ४ जोड्ने बागमती खोला माथिको पुल बनाउने जिम्मा नेपाली कांग्रेसका महासमिति सदस्य जयराम लामिछानेले लिएका थिए जुन ७ बर्ष देखि अलपत्र छ ।

२१ करोडको लागतमा ५ बर्षमा निर्माण सम्पन्न गर्ने गरी लामिछानेको स्वछन्द निर्माण कम्पनीले लिएको थियो । अहिलेसम्म पुलका १२ वटा पिल्लर मात्रै खोलामा उभिएका छन् । सर्वसाधारण भने डुउबको भरमा खोला वारपार गर्न बाध्य छन् ।

मोटरेवल पुल बन्ला र जनजिवन सहज होला भन्ने आशामा बसेका स्थानीयहरु निर्माण कम्पनी र आयोजना कार्यालय प्रति रुष्ट छन् ।
स्वछन्द निर्माण कम्पनीले समेत अर्का ठेकेदार शम्भुराज गिरी र गौरव पुडासैनीलाई जिम्मा लगाएको रहेछ । सडक आयोजनबाट ६ करोड भुक्तानी भैसकेको पुल अलपत्र अवस्थामा छ । मुख्य ठेकेदार जयराम लामिछाने भने जगमा समस्या आएकाले काम रोकिएको बताउँछन् ।

अर्का पेटी ठेकेदार भने सरकारी कर्मचारीको कारण बजेट ढिला स्वकृत हुँदा काम ढिला भएको दाबी गर्छन् । तर सडक योजनका साइट इन्र्चाज इन्जिनियर कविस तण्डुकार भने कामको प्रगती र गुणस्तर सम्झौता बमोजिम नभएकाले भुक्तानी रोकिएको बताउँछन् । सराकारले राष्ट्रिय गौरवको आयोजनामा राखेको धरान–चतरा–सिन्धुली–हेटौंडा सडक खण्डको यो पुलको अवस्था त यस्तो छ भने अन्य आयोजनको अवस्था के होला ?

प्रतिक्रिया दिनुहोस्

LIVE TV