१७ जेष्ठ २०७५, बिहीबार

काठमडौँ । हास्य कलाकार तथा समाजसेवी सीताराम कट्टेल र कुञ्जना घिमिरे ( धुर्मुस सुन्तली ) र नायक पल शाहको अभिनयमा रहेको ‘तिमीलाई देखेपछि आई लभ यु’ गीतको भ्युज युट्युवमा २ करोड भन्दा बढी पुगेको छ ।

गीतलाई युट्युबमा २ करोड भन्दा बढि हेरिएका छन् । अहिलेसम्म ३९ हजार लाईक र १८० के सस्क्राइब भएको छ । भिडियो शुभ मिडिया होम प्रा.लि.को निर्माणमा बनेको गीतलाई सरोज ओली र इन्दिरा जोशीेको स्वर दिएको छ ।

संगीत बसन्त सापकोटाले भरेको गीतमा दिनेश थपलियाको शब्द रचना गरिएको छ । संजय लामाले खिचेको भिडियोलाई कविराज गहतराजले कोरियोग्र्राफी गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV