१७ जेष्ठ २०७५, बिहीबार

काठमाडौं । पछिल्लो समय गीत गाएरै सामाजिक सञ्जालमा भाईरल बनेका बालक हुन् अशोक दर्जी । ‘धन विनाको मन ठूलोकी मन विनाको धन’ गीत गाएर झनै भाइरल बनेका अशोक दर्जी सांगीतिक प्रस्तुतिका लागि मलेसिया जाने भएका छन् ।

अशोक दर्जीको यो पहिलो विदेश यात्रा हो । मलेसियामा रहेका नेपालीहरुको निमन्त्रणामा संगीतकार टंक बुढाथोकीसँगै अशोक मलेसिया जाने भएका हुन् । मलेसियामा जून १५ देखि १७ सम्मको कार्यक्रम रहेको संगीतकार बुढाथोकीले जानकारी गराएका छन् । मलेसियापछि दुवई जाने उनको भनाई छ । दुवईमा २२ तारिखका दिन कार्यक्रम हुने बताईएको छ ।

‘धेरै देशबाट प्रस्ताबहरु आइरहेका छन्, अहिलेसम्म मलेसिया र दुवईको सेड्यूल फिक्स भएको छ’ बुढाथोकीले भने ।

अशोक दर्जीले गाएको पहिलो गीत यतिबेला यूट्युबमा लोकप्रिय बनिरहेको छ । गीतले अहिलेसम्म ६७ लाख भ्यूज पाइसकेको छ भने २२ हजार प्रतिक्रिया आएका छन् । यही गीतका कारण अशोकको डिमाण्ड देश तथा विदेशमा हुन थालेको हो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV