१७ जेष्ठ २०७५, बिहीबार

काठमाडौं । अफ्रिकी मुलुक अंगोलाकी रानी एनजिंगा एमबांदी बहादुर योद्धाका रुपमा चिनिएकी थिइन। उनी बहादुर मात्रै होइन एक तथा तेज मस्तिष्क भएकी महिाल पनि थिइन् जसले १७ औँ शताब्दीमा अफ्रिकामा युरोपेली उपनिवेशविरुद्ध युद्ध लडेकी थिइन् ।

इतिहासमा एनजिंगा अफ्रिकामा रुचाइएका महिलाहरुमध्येकी एक हुन् । उनी सहाशि एवम् बहादुर थिइन तर उनलाई कयैले क्रुर महिला भनेर पनि भन्ने गर्दछन् । किन की उनले सत्ताका लागि आफ्नै भाइलाईसम्म मारेकी थिइन् । त्यति मात्रै होइन, उनले पुरुषहरुसँग यौन सम्बन्ध राखेपछि उनीहरुलाई जिउँदै जलाइदिन्थिन् ।

आफ्ना बुवा राजा एमबांदी किलुंजीसँगै बाल्यकालदेखि नै आक्रमणकारीहरुसँग सर्षघ गर्न थालेकी एमबांदू समुदायकी नेता एनजिंगा दक्षिण पश्चिम अफ्रिकी देश एनदोंगो तथा मतांबाकी रानी समेत बनेकी थिइन् । सन् १६१७ मा राजा एमबांदीको मृत्युपछि उनका छोर एनगोला एमबांदीले सत्ताको बागडोर सम्हले। तर एनगोला एमबांदीलाई यो थाहा थिएन उनकी बहिनीले नै उनीविरुद्ध षड्यन्त्र गरिरहेका छन् । त्यसैले एनगोलाले एनजिंगाका छोरालाई मृत्युदण्ड दिने घोषणा गरे । तर नयाँ राजा नै युरोपेली आक्रमणको सामना गर्न असफल हुँदै गएको अवस्थाा एनगोला एमबांदीले आफ्ना करिबीहरुको सल्लाह माने ।

राजा एनगोलाले आफ्नी बहिनीसँग सत्ता साझेदारी गरेर भए पनि पोर्चुगलविरुद्ध लड्न चाहेका थिए । बहिनी एनजिंगा पुर्तगाली भाषाको ज्ञाता तथा एक प्रतिभाशाली रणनीतिकार पनि थिइन् । एनजिंगा युरोपेलीहरुसँग कुराकानी गर्न लुआंडा पुगिन् । उनले त्यहाँ श्वेत, अश्वेतलगायत थुप्रै समुदायका मान्छे भेटिन् । त्यहाँ ठूला–ठूला जहाजमा अफ्रिकी नागरिकलाई दास बनाउनका लागि लगेको दृष्यले उनलाई झस्कायो ।

लामो वार्तापछि पोर्चुगलको सेना एनदोंगो छाड्न सहमत भयो । साथै अंगोलालाई एक सार्वभौम मुलुकका रुपमा स्वीकार्न पनि सहमत भयो । तर एनजिंगा यस क्षेत्रलाई व्यापारिक प्रयोजनका लागि प्रयोग गर्न भने दिने सहमत भइन् । पोर्चुगलसँग सम्बन्ध सुधारका लागि एनजिंगाले इसाई धर्म पनि स्वीकार गरिन् । त्यसपछि उनको नाम एना डेसूजा भयो । त्यसबेला उनको उमेर ४० वर्ष थियो । तर यो सहमति धेरै समय टिकेन । फेरि संघर्ष सुरु भयो ।

जब एनजिंगा रानी बनिन्

सन् १६२४ मा उनका भाइ एउटा सानो टापुमा गएर बस्न थाले । उनको त्यहीँ मृत्यु पनि भयो । एनजिंगाको भाइको मृत्युबारे तरहतरहका तथ्यहरु सार्वजनिक भएका छन् । केहीले एनजिंगाले आफ्नो छोराको हत्याको बदला लिन भाइलाई विष दिएर हत्या गरेको समेत भनेका छन् । कसैले भने एनजिंगाका भाइले टापुमा गएपछि आत्महत्या गरेको बताएका छन् ।

तर यसैबीच एनजिंगाले पोर्चुगलको सेना र केही आफ्ना मान्छेकै चुनौतीको सामना गर्दै एनदोंगोकी पहिलो रानी बनिन् । अंगोलाको नेसनल लाइब्रेरीका निर्देशक जाओ पेड्रो लोरेन्कोका अनुसार युगौँदेखि जारी महिला शोषणविरुद्ध एनजिंगाका एक मुखर आवाजका रुपमा परिचित भएकी छिन् ।

पोर्चुगलकी लेखिका जोस एडुआर्डो अगुआलासा भन्छिन्, ‘रानी एनजिंगा युद्ध भूमिमा एक महान योद्धा मात्रै थिइनन्, उनी एक महान रणनीतिकार तथा कुटनीतिज्ञ पनि थिइन् ।’

उनी पोर्चुगलविरुद्ध लडिन् । हल्याण्डसँग मित्रता कायम गरिन् । त्यस्तै अरु कुनै मुलुकसँग लड्नु परेमा फेरि पोर्चुगलसँगै सहयोग लिन पनि उनी पछि हट्दिनथिन् ।

यौन दासीको प्रसंग

फ्रान्सेली दार्शनिक मार्किस दे सादेले इतालवी मिसनरी गिओवनी कावेजीका कथामा आधारिक पुस्तक ‘द फिलोसोफी अफ् द ड्रेसिङ टेबल’ लेखेका छन् । यसमा कावेजीले दावी गरेका छन् कि एनजिंगा आफ्ना प्रेमीलाई यौन दासीका रुपमा काम लगाउँथिन् । साथै शारीरिक सम्पर्कपछि उनले आफ्ना प्रेमीलाई जलाएर मारिदिन्थिन् ।

रानी एनजिंगाको ‘अड्डा’ लाई चिबदोस भनिन्थ्यो । त्यहाँ बस्ने पुरुषहरुलाई महिलाले लगाउने लुगा लगाउन दिइन्थ्यो । साथै रानी त्यहाँ रहेका कुनै पुरुषसँग सम्पर्क गरेका बेला अन्य पुरुषलाई एकआपसमा लडाउने पनि गर्थिन् । कावेजीले गरेका दावीहरु दोस्रो पक्षबाट लिइएका जानकारीहरुमा आधारित छ । इतिहासकारहरु भने रानी एनजिंगाका बारेका थुप्रै भर्जनका किस्सा रहेको मान्दछन् ।

हिन्दी बीबीसीबाट

प्रतिक्रिया दिनुहोस्

LIVE TV