१६ जेष्ठ २०७५, बुधबार

काठमाडौं । केही साता अघि गायक वीरकृष्ण लवटको चर्चित गीत ‘टोखा बजार’ को म्युजिक भिडियो दर्शकमाझ रिलिज भइसकेको छ । गायक लवटको ‘आउने भए आउ है माया, टोखा बजार घुमाइदिउँला’ गीतलाई धेरै दर्शकहरुले मन पराएका छन् । गायक लवटले आफ्नो गीत मार्फत काठमाडौंको टोखा क्षेत्रको कला, संस्कृति र टोखाको विभिन्न प्रकारका मठ-मन्दिरको महत्वलाई प्रस्तुत गरेका छन् ।

साथै गायक लवटले यसै आफ्नो गीतको भिडियोमार्फत विस्केट जात्राको रमणीय दृश्य, त्यहाँका मठ-मन्दिर, कला संस्कृतिलाई देखाउनुका साथै माया प्रेमका कुरालाईसमेत प्रस्तुत गरेका छन् । यसो भनिरहँदा गायक लवटले बिषेशगरी टोखा क्षेत्रलाई चिनाउने हिसाबले ‘टोखा बजार’ गीतको भिडियो बजारमा ल्याएको बताएका छन् ।

गायक लवटले भनेका छन्, ‘टोखाको एउटा छुट्टै पहिचान रहेको छ । टोखा विभिन्न मठ(मन्दिरले सजिएको एउटा सुन्दर नगरी हो । रिलिज भएको ‘टोखा बजार’ गीत पनि यसै सेरोफेरोमा बनेको छ ।’

रिलिज भएकोे ‘टोखा बजार’ गीतको शब्द, संगीत र कम्पोजिशन गायक लवटको आफ्नै रहेको छ । गायक लवटको यस गीतको भिडियोमा सुजन र समिताले उत्कृष्ट फिचरीङ गरेका छन् । भिडियोमा उनीहरुलाई सरस्वती धेमा परिवारका कलाकारहरुले साथ दिएका छन् । भिडियोलाई किरणको निर्देशनमा तयार गरिएको हो भने समिर डंगोलको नृत्य निर्देशन रहेको छ ।

गायक लवट टोखाकै बासिन्दा हुन्, यसै कारण पनि उनले आफ्नो यस गीत मार्फत टोखाको भेग्लै पहिचान रहेको छ भन्ने सन्देश सबैसामु पुु¥याउने काम गरेका छन् । यो गीतलाई सामाजिक सञ्जाल युट्युभमा पनि दर्शकहरुले राम्रो भएको प्रतिक्रिया दिईरहेका छन् । गायक लवटले नेपाली गीत संगीतको बजारमा ‘म त होईन तिम्रो’, माया मेरी साह्रै राम्री, मेरी मायालु लगाएतका गीतहरुको भिडियो दर्शकमाझ ल्याईसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV