१६ जेष्ठ २०७५, बुधबार

काठमाडौं । संघीय समाजवादी फोरम नेपाललाई मन्त्री छनोटमा सकस भएको छ ।

सत्तारुढ नेपाल कम्यूनिष्ट पार्टीसँग सहमतिका आधारमा संविधान संशोधन गर्ने सहमति भएपछि फोरमको सरकार सहभागिता निश्चित भएपनि मन्त्री छनोटमा समस्या भएको हो ।

आकांक्षी धेरै भएपछि आज बसेको संसदीय दलको बैठकले मन्त्री छनोट गर्न सकेन । फोरमले केपी शर्मा ओली नेतृत्वको सरकारमा दुई मन्त्री र एक राज्यमन्त्री पाउँदै छ । सीमित संख्यामा धेरैले चाहना व्यक्त गरेपछि बैठकले मन्त्री छान्ने जिम्मेवारी अध्यक्ष उपेन्द्र यादवलाई दिएको छ ।

फोरमको तर्फबाट यादवले नै सरकारमा नेतृत्व गर्ने निश्चित झै छ । यादवले सहरी विकास मन्त्रालयको जिम्मेवारी लिँदा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका लागि रेणु यादव र राजेन्द्र श्रेष्ठबीच प्रतिस्पर्धा छ । यस्तै, संसदीय दलको बैठकले आर्थिक बर्ष २०७५/०७६ को बजेट ‘अपूर्ण रहेको निश्कर्ष निकालेको छ ।

नेकपासँग भएको दुई बुँदे सहमति अनुमोदन गरेको बैठकले बजेट बनाउँदा सरकारले कुनै सल्लाह नगरेको भन्दै गुनासो गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV