१६ जेष्ठ २०७५, बुधबार

काठमाडाैं । नायिका झरना थापाकी छोरी सुहानी छिट्टै नै अभिनेत्रीको रुपमा देखिने भएकी छिन् । नायक अनमोल केसीको साथमा सुहानी देखिने भएकी छिन् ।सुहानी चलचित्रलाई संजय लामाले खिच्नेछन् ।

भदौबाट चलचित्रको छायांकन सुरु हुने निर्देशक थापाले जानकारी दिइन् । चलचित्रको अहिले संगीत तयार पार्ने काम पनि भैरहेको छ ।

अनमोल र सुहानीको जोडी बारे झरना भन्छिन्, ‘यसलाई जुरेकै भन्नु पर्छ । अनमोल र सुहानी जोडी स्क्रिप्टको माग पनि हो ।’ झरनाको डेव्यु निर्देशकिय फिल्म ‘ए मेरो हजुर २’ को प्रिमियरबाट झरनाकी छोरी सुहानी नोटिस भएकी थिइन् । उनी हाल बिज्नेश र एक्टिंग लिएर ब्याच्लर दोश्रो बर्षमा अमेरिकामा अध्ययन गर्दैछिन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV