१६ जेष्ठ २०७५, बुधबार

सामलाजी । ८४ जना नेपाली नागरिक सवार डवल डेकर बस भारतको सामलाजी नजिक दुर्घटना हुँदा २५ जना घाईते भएका छन् ।

सुगौलीको बाटो हुदै बस बुकिङ गरेर भारतको गुजरात जादै गरेको बस दर्घटनामा परेको हो । दुर्घटनामा २५ जना नेपाली घाईते भएका छन् । हाईवेमा ट्रकसंग ठोकिदा बस दुर्घटना भएको भारतीय प्रहरीले जनाएको छ ।

घाईतेहरुको शामलाजी र हिम्मतनगरका अस्पतालहरुमा उपचार भईरहेको छ । बसमा सवार सबै नेपालीहरु गुजरातमा काम गर्दै आइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV