१६ जेष्ठ २०७५, बुधबार

तलब सुविधा नबढेको विरोधमा भारतमा दुई दिने बैंक हड्तालको गरिएको छ । अपेक्षा भन्दा कम तलब बढोत्तरीको विषयलाई लिएर देशभरका बैंक कर्मचारी दुई दिने आम हड्तालमा उत्रिएका हुन् ।

आज र भोलि आयोजना गरिएको हड्तालमा २० सरकारी बैंक, १२ निजि र ७ विदेशी बैंकका कर्मचारी रहेका छन् । बैंकका कर्मचारीको हड्तालका कारण लाखौं भातरीय नागरीक प्रभावित भएका छन् । इण्डियन बैंक एशोसिएशनले यस वर्ष तलब बढोत्तरी दुई प्रतिशत हुने बताएको थियो । सोही अनुरुप तलब बृद्धि नभएको भन्दै आफुहरु हड्तालमा उत्रिनु परेको उनीहरुको भनाईलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

तलब संशोधन सम्बन्धी मागलाई लिएर समस्या समाधानका लागि बोलाइएको बैठक पनि निष्कर्षबिहीन भएको बताइएको छ । बैंकका कर्मचारीको हड्तालका कारण बैंक सम्बन्धी सबै कारोबार ठप्प भएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV