१६ जेष्ठ २०७५, बुधबार

इलाम। इलामको रागापानीमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा माइ नगरपालिका–१०, रागापानी बस्ने वर्ष ५० का लाल बहादुर तामाङ रहेका छन् ।

सोमबार साँझ मादक पदार्थ सेवन गरी घरबाट निस्केका तामाङ घर नअाए पछि खोजिगर्ने क्रममा मंगलबार दिउँसो ३ बजे घरबाट नजिकै रहेको जंगलमा भिरबाट लडेर मृत अवस्थामा भेटीएका थिए ।

मृतकको शव पोसमार्टमका लागी इलाम अस्पतालमा ल्याइएकाे र घटनाबारे अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV