१६ जेष्ठ २०७५, बुधबार

काठमाडौं । प्रदेश ७ का मुख्यमन्त्री र मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले सार्वजनिक गरेको सम्पत्ति विवरणमा मुख्यमन्त्री र ३ जना मन्त्रीको आफ्नो नाममा घर र जग्गा नभएको विवरणमा उल्लेख छ । तर, घर–जग्गा र गरगहनाको हकदार भने श्रीमती र परिवारका सदस्य बनाएको पाइएको छ ।

मुख्यमन्त्री त्रिलोचन भट्टको नाममा घर र जग्गा छैन । केआइसिंह गाउँपालिका–६ फलेडीमा भट्टकी श्रीमती दुर्कादेवी भट्टको नाममा साढे दुई रोपनी जग्गा तथा दाजु शालीग्राम भट्टको नाममा १८ रोपनी जग्गा र एउटा घर रहेको सम्पत्ति विवरणमा उल्लेख छ ।

यस्तै, मुख्यमन्त्रीसँग बैंकमा ७० हजार रुपैयाँ नगद, १ तोला सुन र १५ तोला चाँदी रहेको विवरणमा उल्लेख छ । गाइ एउटा, १ मोबाइल र १ हातेघडी आफ्नो सम्पत्ति रहेको मुख्यमन्त्रीले उल्लेख गरेका छन् । मुख्यमन्त्रीको १ लाख ४० हजार रुपैयाँ वित्तिय ऋण र २ लाख रुपैयाँ व्यक्तिगत ऋण रहेको नयाँ पत्रिका दैनिकले लेखेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV