१५ जेष्ठ २०७५, मंगलवार

चितवन । राप्ती नगरपालिका ४ भण्डारास्थीत बनदवी मार्गमा भएको पिच बाटोमा झार उम्रिएको देखायौं । झारले बाटोमा भएको भ्रष्ट्राचार सबैै सामु देखाइसकेपछि बाटोसँंग जोडिएका व्यक्तिहरुले त्यो घास मार्न नुन छरेको पनि देखायौ ।

अहिले भने झारे पिच मर्मत गर्न ठेकेदार राजी भएका छन् । झारे पिच निर्माण गरी बिकासको नाममा जनताको आँखा छली बजेट सकाउने काममा संलग्नहरुले गल्ती सच्चाउन पिच मर्मत गर्ने भएका हुन् । पाण्डे कन्सट्रक्शनका सञ्चालक ठेकेदार प्रदिप पाण्डेले झार उम्रिएको सडकको दुबै छेउ एक एक मिटर फोडेर पुन निर्माणका लागि काम शुरु गरेका छन् ।

कुनै टेण्डर प्रक्रिया बिनानै पिच निर्माणको जिम्मा प्रदिप पाण्डेलाई दिईएको थियो । नगरपालिकाले गर्ने सवै काममा टेण्डर आह्वाननै नगरी सोझै हिसाब किताब मिलाएर ठेकेदारलाई दिने गरेका छन् ।

यता मेयर प्रभा वरा भने आफनो घरजाने बाटोमा मोज्याक टायल लगाएकी छिन् । अझै वडा अध्यक्षहरुले आफनो घर जाने बाटो ढलान गरेका छन् । वडा समस्य विसु थपलियाले समेत कुल देवता मन्दिर जाने बाटो ढलान गरेर तर सर्वसाधारण हिड्ने बाटाहरु भने जस्ताका त्यस्तै छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV