१५ जेष्ठ २०७५, मंगलवार

काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका–१० स्थीत गुम्बा–झोर सडकखण्डमा हिलोमाथि कालोपत्रे गरिदै छ । तारकेश्वर नगरपालिकाको ८६ लाखको लागतमा एक किलोमिटर सडक स्तरबृद्धि गरेर कालोपत्र गर्न सेतीदेवी निर्माण सेवाले टेण्डर पारेको थियो । तर, ठेकेदार कम्पनीको कामको लापरवाहीको हद यस्तो छ ।

निर्माण कम्पनीले कालोपत्रे गर्न ठिक्क पारेको सडक हो यो । मापदण्डअनुसार निर्माण सामग्री विच्छाइएको छैन । निर्माण कम्पनीले बजेट कम भएकाले गुणस्तरहिन काम गर्न बाध्य भएको स्वीकार गर्छ ।

ठेकेदार, कर्मचारी र जनप्रतिनिधिकै मिलेमतोमा विकासका काम गुणस्तरहीन हुने गरेको स्थानीयको आरोप छ । चालु आथिर्क बर्षको अन्त्य सम्म बजेट सक्नका लागि उपत्यकासहित देशभर नै पुर्वाधार विकासको अवस्था यस्तै छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV