१५ जेष्ठ २०७५, मंगलवार

काठमाडौं । सरकारले बजेटमार्फत १२ वटा नयाँ कार्यक्रमको परिकल्पना गर्दै विभिन्न शीर्षकमा बजेट विनियोजन गरेको छ । रोलः
रोजगारलाई व्यवस्थित बनाउन प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन गर्न ३ अर्ब १० करोड बजेट विनियोजन गरिएको छ । त्यस्तै ध्यान र योगको माध्यमबाट स्वस्थ शरीर, सकरात्मक सोच र व्यक्तित्व विकासका लागि १० करोड बजेट विनियोजन गर्दै नागरिक आरोग्य कार्यक्रम सञ्चालन गर्ने घोषणा गरिएको छ ।

शिक्षामा सबैको पहुँच पु¥याउन विद्यालय ल्याऔं, टिकाऔं र सिकाऔं भन्ने नारालाई प्रभावकारी बनाउने सरकारको घोषणा छ । पर्यटन क्षेत्रमा ५ अर्ब २० करोड ३४ लाख बजेट विनियोजन गर्दै भिजिट नेपाल २०२० सञ्चालन गर्ने घोषणा गरेको छ । साथै पहिले देश र त्यसपछि विदेश भन्ने नारालाई अघि बढाएर आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने समेत सरकारले लक्ष्य लिएको छ । त्यस्तै ७५÷७६लाई राष्ट्रिय सरसफाई अभियान वर्षको रुपमा मनाउने समेत घोषणा गरिएको छ ।

त्यस्तै २०७५–८५ सालको अवधिलाई उर्जा दशकको रुपमा मनाउने उद्धेश्यका साथ ८३ अर्ब ८९ करोड ५२ लाख बजेट विनियोजन गरेको छ । त्यसैगरि तराई–मधेश सडक पूर्वाधार विशेष कार्यक्रम सञ्चाल गर्ने घोषणासहित ३ अर्ब ५३ करोड विनियोजन गरिएको छ । घरघरमा मानव अधिकार कार्यक्रमलाई जनस्तरमा कार्यान्वयनमा ल्याउने समेत सरकारले लक्ष्य लिएको छ ।

त्यसैगरि राष्ट्रसेवक कर्मचारीको तलव पुनरावलोकनका लागि उच्चस्तरीय तलब आयोग गठन गर्ने, ठूला आयोजनाका अनुगमन गर्न प्रधानमन्त्रकिो संयोजकत्वमा आयोजना कार्यान्वयन निर्देशक समिति गठन गर्ने सरकारले घोषणा गरेको छ । उता विकास आयोजनाको सुधार गर्न आवश्यक सुझाव दिने सार्वजनिक खर्च पुनरावलोकन आयोग गठन गर्नका लागि समेत बजेट विनियोजन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV