१५ जेष्ठ २०७५, मंगलवार
  • रामहरि श्रेष्ठ,

ओखलढुंगा । विभिन्न मुद्धामा जेलजीवन बिताईरहेका ओखलढुंगाका पाँच कैदिबन्दीको कैदभुक्तानी मिनाह भएको छ । गणतन्त्र दिवशको अवसरमा सरकारले असल चालचलन भएका कैदीबन्दीहरुको कैद भुक्तानी मिनाह गर्ने परम्परा अनुसार जिल्ला कारागार ओखलढुंगाबाट पाँच कैदीबन्दीको बाकीँ कैदभुक्तानी मिनाह गरिएको हो ।

बाकीं कैदभुक्तानी मिनाह भई रिहा हुनेहरुमा सवारी ज्यान मुद्धाका ३ ,अंगभंगका एक र र बहुबिबाहका एकजना रहेको जिल्ला कारागार ओखलढुंगाले जनाएको छ ।

कैद मिनाह भई छुटकार पाउनेहरुमा सवारी ज्यान मुद्धाका प्रविन खड्का, प्रेम बहादुर थापा र राज तामाङ् रहेका छन् । त्यस्तै अंगभंग तर्फका सजिन्द्र राई र बहुविवाहका थुम बहादुर बुढाथोकी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV