१५ जेष्ठ २०७५, मंगलवार

इलाम । गणतन्त्र दिवसको अवसर पारेर जिल्ला क्रिकेट संघले आयोजना गरेको अन्तर विद्यालय क्रिकेट प्रतियोगिताको पहिले खेलमा प्रज्ञा सदनले विजयी शुरुवात गरेको छ ।

टस जितेर ग्रिन हिल एकाडेमीलाई क्षेत्ररक्षणमा निम्ता दिएको प्रज्ञा सदनले ८ विकेटको जित निकालेको हो । पहिले व्याटीङ गर्दै नेपालटारको ग्रिन हिल एकाडेमीले ५ ओभरमा सवै विकेट गुमाउँदै १५ रन मात्र जोडेको थियो । १६ रनको झिनो लक्ष्य पाएको प्रज्ञा सदनले २ विकेटको क्षतिमा ३ ओभरमा लक्ष्य भेटेको हो । प्रज्ञा सदनको तर्फबाट वलिङ गर्दै वलरहरु सगुन खत्री र सुदिप तामाङ समान ५/५ विकेट लिए । खेलमा प्रज्ञा सदनका सगुन खत्री म्यान अफ द म्याच घोषित भए ।

प्रतियोगितामा बुधबार दुईखेल हुनेछ । पहिलो खेलमा जुविलेन्ट इलाईट, इलाम र बीबी मेमोरीयल नेपालटर तथा दोस्रो खेल गोल्डेन फयुचर र ज्योति सदनबीच प्रतिष्पर्धा हुनेछ । २५ गतेसम्म हुने प्रतियोगिताको उद्घाटन प्रमुख अतिति श्रवण कुमार तिम्सीनाले दिप प्रज्वलन गरेर इलामका महिला क्रिकेटरले वलीङ गर्दा प्रमुख अतिथि तिम्सीनाले व्याटीङ गरेर खेल उद्घाटन गर्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV