१५ जेष्ठ २०७५, मंगलवार
  • उत्तर

डडेल्धुरा । डडेल्धुरामा जिप दुर्घटना हुँदा वडाअध्यक्षसहित ४ जनाको मृत्यु भएको छ । डोटीको दिपायलबाट कोहलपुरतर्फ गइरहेको से १ ज ३३० नम्बरको जीप दुर्घटना हुँदा वडाअध्यक्ष सहित चार जनाको मृत्यु भएको हो ।

जिल्लाको गन्यापधुरा गाउँपालिका–२ को गजरौलामा मंगलबार बिहान भएको दुर्घटनामा ७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

मृत्यु हुनेमा आदर्श गाउँपालिका वडा नं.२ का वडाअध्यक्ष प्रेमबहादुर बोहरा, दिपायल–सिलगढी नगरपालिका–४ का गाडीधनी विनोद रावल, आदर्श गाउँपालिका–२ डोटीका लालबहादुर बोहरा र सोही ठाउँकी जानकी बोहरा रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरिक्षक चक्रराज जोशीले जानकारी दिए ।

११ जना यात्रु सवार जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको हो भने एकजनाको उपचारका लागि उपक्षेत्रीय अस्पतालमा ल्याउने क्रममा बाटोमै निधन भएको प्रहरीले जनाएको छ ।

घाइते हुनेमा चालक विष्णु विक, सिरहाका करन कुमार यादव, आर्दर्श गाँउपालिका २ का विनोद बोहरा, विष्णु बोहरा, टेकबहादुर बोहरा र नरेश बोहरा रहेका छन् । दुर्घटनामा परी घाइते मध्ये गम्भीर तीनजनालाई धनगढी रेफर गरिएको छ ।अन्य चारजनाको डडेल्धुरास्थित उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV