१५ जेष्ठ २०७५, मंगलवार

पाकिस्तान । पाकिस्तानको अर्थब्यवस्था पछिल्लो केहि महीना देखि संकटमा गईरहेको देखीएको छ यद्यपी त्यहाँको राजनीतिमा युद्ध र लडाईंले नै प्राथमिकता पाईरहेको छ ।

पाकिस्तानी मुद्राकोे अंतरराष्ट्रीय बजारमा निरन्तर गिरावट आईरहेको छ । एक अमरीकी डलरको तुलनामा पाकिस्तानी रुपैयाको मूल्य १२० सम्म पुगेको छ ।यसको साथै पाकिस्तान विदेशी मुद्रा भंडारमा भईरहेको कमीले पनि आक्रान्त बनेको छ ।

पाकिस्तानसँग अब १०.३ अर्ब डलरको मात्र विदेशी मुद्रा भंडार छ जुन पछिल्लो सालको  मे महिनामा १६.४ अरब डलर थियो ।

पाकिस्तानको मूख्य पत्रिका डन को अनुसार पाकिस्तान भुक्तानी संकटबाट बच्नको लागि एक पटक फेरी चीनको शरणमा जाँदैछ र उसले थप १ देखि २ अर्ब डलरको ऋण लिन सक्ने छ । पाकिस्तानमा जुलाई महीनामा आम चुनाव हुँदैछ रचुनाव पछि पाकिस्तान आईएमएफको शरणमा पनि जान सक्नेछ । यसअघि पाकिस्तानले सन् २०१३ मा आईएमएफको ढोका ढकढक्याएको थियो ।

१० हप्ता सम्मको आयातको लागि मात्र विदेशी मुद्रा

फाइनान्सीयल टाइम्सको भनाई अनुसार पाकिस्तानसँग जती विदेशी मुद्रा छ त्यो जम्मा १० हप्ताको आयातलाई धान्ने मात्र रहेको छ । फाइनान्सीयल टाइम्सको रिपोर्ट अनुसार विदेशमा काम गरीरहेका पाकिस्तानीले विप्रेषणको रकम कम पठाउँदा यस्तो गिरावट आएको बताईएको छ ।

यसको साथै पाकिस्तानमा आयात बढेको छ र चाइना पाकिस्तान इकोनोमिक करिडोरमा लगाईएको कंपनिमा धेरै भुक्तानीको कारण पनि विदेशी मुद्रा भंडार खाली भएको हो । चाइना पाकिस्तान करिडोर ६० अर्ब डलरको महत्वाकांक्षी परियोजना हो ।

पाकिस्तानको केंद्रीय बैंकका एक अधिकारीको तर्क छ कि यदि विदेशमा बस्ने धनी पाकिस्तानिलाई राम्रो लाभ पाउने लोभ देखाएमा देशको लागि मद्दत गर्न पैसा पठाउन सक्नेछन ।

आर्थिक संकट चुलिंदो 

चीनको पकिस्तानमाथि लगातार ऋण बढीरहेको छ । समाचार एजेंसी रोयटर्सको अनुसार यस वित्तीय  वर्ष सम्म पाकिस्तानले चीन सँग पाँच अर्ब  डलर ऋण लिईसकेको छ ।

अमेरीकी राष्ट्रपति डोनल्ड ट्रंपको हातमा सत्ता आएपछि पाकिस्तानलाई दिईएको आर्थिक मद्दतमा कटौती गरेको छ । हालै अमरीकी विदेश मंत्री माइक पम्पियोले भनेका छन् कि पाकिस्तानसंग  अमेरीकाको सम्वन्ध पुरै बिग्रीएको छ ।यसकारण पनि पाकिस्तान आफ्नो हात चीन तीर फैलाउँदैछ ।

चीनबाट ऋण लिएर उसैसँग सामान किन्दै पाकिस्तान

पाकिस्तानमा रहेको चीनको सीपीइसी परियोजना धेरै हद महत्वपूर्ण मानीन्छ । चीन चाहँदैन कि पाकिस्तानमा कुनै यस्तो आर्थिक मन्दी नआओस् ताकि उसको परियोजनालाई कुनै धक्का लागोस् ।पाकिस्तानका आर्थिक विश्लेषकको भनाई अनुसार पाकिस्तान केवल चीनको मद्दतबाट मात्र आर्थिक संकटबाट बाहिर निस्कन सक्दैन । पाकिस्तान यो संकटबाट उठ्न चाहन्छ जसको लागि उसले साउदी अरबको शरणमा जाने नजाने दुविधामा छ ।

अप्रत्याशित व्यापार घाटा

पाकिस्तानको व्यापार घाटा पनि लगातार बढीरहेको छ अर्थात आयात बढीरहेको छ भने निर्यात लगातार घटिरहेको छ । पछिल्लो वर्ष पाकिस्तानको व्यापार घाटा ३३ अर्ब डलर थियो ।

यो घाटा पाकिस्तानको लागि अप्रत्याशित थियो ।पाकिस्तानमा आय करको स्रोत पनि निकै सीमित छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV