१५ जेष्ठ २०७५, मंगलवार

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई उत्तर कोरियासँगको शिखर वार्ता अगाडि नै जापानका प्रधानमन्त्री सिन्जो आबेले भेट्ने भएका छन् ।

आवेले शिखरवार्ता भन्दा अगाडि नै आफरूहरुका बीचमा भेटवार्ता हुने सहमति भएको सोमबार जानकारी दिएको जापानी समाचार संस्थाले जनाएका छन् । ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ उनको शिखर वार्ता आगामी जुन १२ मा सिंगापुरमा हुने भनिएको छ । यसअघि भङ्ग हुने अनुमान गरिएको शिखर वार्ता निर्धारित समयमै हुने भएपछि त्यसको आन्तरिक तयारी दुबैतर्फका अधिकारीहरुले सुरु गरेका छन् ।

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्व निर्धारित समयको वार्ता नहुने घोषणा गरेपछि त्यसप्रति आफू निकै दुःखी भएको बताएको उत्तर कोरियाले पनि अहिले वार्ताको आवश्यक तयारी शुरु भएको जनाएको छ । वार्ताको तयारीकै लागि अमेरिकाको एक प्रतिनिधिमण्डल उत्तर कोरिया पुगेको अमेरिकी अधिकारीहरुले जनाएका छन् ।०००

प्रतिक्रिया दिनुहोस्

LIVE TV